कोरोना संक्रमण बढेपछि चितवनमा १५ दिन पाल्पामा ७ दिन निषेधाज्ञा

244
Shares

काठमाडौँ १५ बैशाख । कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालय चितवन र पाल्पाले क्रमश १५ दिन र एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सैन्टर (डीसीसीएमसी)को आज बसेको बैठकले चितवनमा भोलि राती १२ बजे देखि ३१ बैशाख राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

चितवनका डीसीसीएमसीका संयोजक एव्ं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा कोरोनाका सक्रिय संक्रमित ५०० नाघेकोले यस्तो निर्णय लिइएको बताए । उता पाल्पा जिल्लामा पनि १७ बैशाख राती १२ बजे देखि २४ बैशाख राती १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको ।

आज बसेको पाल्पा डीसीसीएमसीको बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *