काठमाडौँ उपत्यकामा आज २८ स्थानबाट कोभिडबिरुद्धको खोपको पहिलो मात्रा दिईदै (सूची सहित)

काठमाडौँ, १४ बैशाख । आज (मंगलबार)काठमाडौँ उपत्यका भित्रका तीन जिल्लाका २८ स्थानबाट कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेल दिईदै छ । काठमाडौंको ११ स्थानबाट, भक्तपुरको १० स्थान र ललितपुरको ७ स्थानबाट भेरोसेल खोप दिइने भएको हो । यो खोप १८ बर्ष देखि ५९ बर्ष उमेर समूहकाले लगाउन पाउनेछन् । खोप लगाउन जाँँदा नागरिकता वा सरकारी परिचयपत्र लिएर जानुपर्नेछन् ।

काठमाडौँमा कहाँ कहाँ दिईदै छ खोप ?

स्वास्थ्य कार्यालय काठमाडौँले आज जिल्लाभर ११ ठाँउबाट कोभिडविरुद्धको पहिलो डोज खोप भेरोसेल दिने भएको छ । सोमबार भने जिल्लाका नौ स्थानबाट मात्रै खोप दिएको थियो । जिल्ला स्वास्थ्य प्रमुख बद्रीवहादुर खड्का अनुसार मंगलबार (आज)बाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र छाउनीस्थित नेपाली सेनाको अस्पतालबाट पनि खोप दिईदै छ ।

यसबाहेक सशस्त्र प्रहरीको अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, परोपकारप्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल, नेपाल मेडिकल कलेज जोरपाटीमा गएर पनि आम सर्वसाधारणले खोप लिन सक्नेछन् ।

यस्तै निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, हिमाल अस्पताल ज्ञानेश्वर, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र वीर अस्पताल महावौद्यमा पनि खोपको व्यवस्था छ ।

भक्तपुरमा कहाँ कहाँ ?
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार यसअघि दिइदै आएको नेपाल कोरिया मैत्री अस्पताल, चांगुनारायण अस्पताल, जनस्वास्थ्य उपचार केन्द्र च्याम्पासिंह, सूर्यविनायक नगरपालिका अस्पताल दधिकोटमा आज पनि खोप जारी रहने नै छ ।

त्यसबाहेक सिद्धि मेमोरियल अस्पताल, केएमसी अस्पताल दुवाकोट, नागरिक सामुदायिक अस्पताल गठ्ठाघर, समिट अस्पताल लोकन्थली, वीपीआई फाउन्डेशन लोकन्थली र काठमाडौँ क्यान्सर सेन्टरमा पनि आज १८ देखि ५९ बर्ष उमेर समूहका आम सर्वसाधारण गएर भेरोसेल खोपको पहिलो मात्रा लगाउन पाउनेछन् ।

ललितपुरमा कहाँ कहाँ ?
यता ललितपुरका आज सात ठाँउमा भेरोसेलको पहिलो मात्रा दिईदै छ । ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा खगेश्वर गेलालका अनुसार आज पनि अल्का २ भुनिमण्डल, आनन्दबन अस्पताल र किष्ट मेडिकल कलेज ग्वार्कोमा हिजो जस्तै खोप दिइदैछ । यस्तै आज पुल्चोकस्थित निदान अस्पताल, भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल, लुभु प्राथमिक स्वास्थ्य केन्द्र र बज्रवाराही अस्पताल गोदावरी गएर पनि खोप लिन सकिने स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *