मास्क नलगाई बैठकमा सहभागी भएका थाइ प्रधानमन्त्रीलाई ६००० भाट जरिवाना

1.8k
Shares
कोभिडबिरुद्धको खोप खरीद सल्लाहकार समितिको बैठकमा मास्क नलगाई बसेका प्रधानमन्त्री ओच । तस्बिर : बैंकक पोष्ट

एजेन्सी । सार्वजनिक बैठकमा मास्क नलगाएपछि थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुथ चान ओचले आज (सामेबार) ६००० थाई भाट ( १९० डलर) जरिवाना तिर्नु परेको छ । बैंककमा बसेको कोभिडबिरुद्धको खोप खरीद सल्लाहकार समितिको बैठकमा प्रधानमन्त्री ओचले भने मास्क लगाएका थिएनन् ।

स्थानीय सरकारले राजधानी बैंककमा आजै देखि नै हरेक व्यक्तिलाई मास्क लगाउन अनिवार्य गरेको थियो ।

बैठकमा मास्क विना नै बसेको फोटो सामाजिक सञ्जालमा आएपछि बैंककका गर्भनरले प्रधानमन्त्रीमाथि कारवाही ठोकिदिएका हुन् ।

‘बैठकमा सबै व्यक्तिले मास्क लगाएका छन् । तर प्रधानमन्त्रीले नै मास्क लगाएको देखिएन । यो त सरकारले बनाएको नियमको उल्लंघन गरेको भयो । त्यसकारण हामीले तत्काल छानवीन कमिटी बनायौँ र जरिवाना तिराउने निर्णय गरयौँ,’ बैंककका गर्भनर क्वानमुआङले भने ।

उनले त्यसअघि मास्क लगाउनुपर्ने नियमको उल्लंघन गरेको भन्दै प्रधानमन्त्री विरुद्ध प्रहरीमा उजुरी गरेको बताए । सामाजिक सञ्जालमा प्रधानमन्त्रीप्रति आलोचना बढेपछि स्थानीय प्रशासनका कर्मचारीहरु सक्रिय भएका थिए । उनीहरुकै पहलमा प्रधानमन्त्रीलाई जरिवाना तिराउन बाध्य भएको हो ।

बैंककमा मास्क नलगाउँदा २० हजार भाटसम्म जरिवाना लगाउन सक्ने कानून छ ।

प्रधानमन्त्रीलाई पहिलो पटक भएको हुनाले ६ हजार भाट मात्रै जरिवाना तोकिएको गर्भनर क्वानमुआङले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *