‘आइतबारसम्म नेपाल छिरेका र एयर बुबल सुविधा भएकालाई पीसीआर परीक्षण गरिदिनु’

काठमाडौँ १३ बैशाख ।  सरकारले आइतबार (१२ बैशाख)सम्म नेपाल भित्रिएर क्वारेन्टिनमा बसेका विदेशी नागरिकको पीसीआर परीक्षण गर्ने भएको छ । यस्तै एयर बबल सुविधा अनुसार नेपाल आउने विदेशीहरुलाई पनि सशुल्क पीसीआर परीक्षण गर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नेपाललाई ट्रान्जिट बनाउने गरी आएका विदेशी नागरिक तथा परीक्षण मात्रै गराउन आएका विदेशीलाई पीसीआर परीक्षण नगर्नु भन्दै निर्देशन दिएको थियो ।

‘हिजोसम्म आएर क्वारेन्टिनमा बसेकाहरुलाई केही समय दिऔँ भन्ने भयो । फेरी एयर बुबलको सुविधा अन्तर्गत पनि कतिपय अवस्थामा यात्रुहरुको पीसीआर गर्नु पर्दो रहेछ । त्यसलाई पनि हामीले छुट दिएका छौँ’ सहप्रवक्ता डा समिरकुमार अधिकारीले भने ।

अहिले खाडीका कतिपय मुलुकमा भारतबाट सिधै उडान नहुँदा ठूलो संख्यामा भारतीयहरु नेपाल ट्रान्जिट गरी यहि परीक्षण गराई त्यसतर्फ लाग्ने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *