औषधि व्यवस्था विभागका तीन जना कर्मचारीमा कोरोना संक्रमण, महानिर्देशक सहित ८ जना आइसोलेसनमा

काठमाडौँ, १२ बैशाख । औषधि व्यवस्था विभागका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । दुई जना फार्मेसी निरीक्षक र एक जना व्यवस्थापकलाई संक्रमण देखिएपछि विभागले आफ्नो नियमित कामहरु प्रभावित भएको जनाएको छ ।

विभागले आफूकहाँबाट हुँदे आएको काममध्ये नविकरणबाहेक अरुकाम तत्कालका लागि स्थगित भएको जनाएको छ ।

कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका विभागका महानिर्देशक भरत भट्टराईसहित ८ जना बढी कर्मचारीहरु होम आइसोलेसनमा बसेका छन् । उनीहरुले एक दुई दिनमा पीसीआर जाँच गरेपछि मात्रै कार्यालय उपस्थित हुने वा नहुने निर्णय हुने प्रवक्ता सन्तोष केसीले बताए ।

उनले भने, ‘तीन जना कर्मचारीमा संक्रमण पुष्टि भयो । उहाँहरुको नजिकको सम्पर्कमा महानिर्देशक ज्यू सहित अरु ८ बढी कर्मचारीहरु पर्नु भयो । यसले विभागको नियमित कामलाई असर गर्ने देखियो । त्यसैले सूचना जारी गरेका हौं ।’

पछिल्लो समय काठमाडौँसहित देशभर कोरोना संक्रमणले तिब्रता लिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *