प्रधानमन्त्रीले भने, ‘कोरोना नियन्त्रण सम्वन्धी आदेशको कडाईका साथ कार्यान्वयनमा ल्याउनुहोस्’

काठमाडौँ, १२ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भेरिएन्ट सहितको कोभिड -१९ महामारीको दोसो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेशको कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका छन् ।

देशभर कोभिड- १९ संक्रमणले तिब्रता लिईरहँदा शनिबार बेलुका बालुवाटारमा बसको ‘कोभिड – १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)’ का पदाधिकारी तथा स्वास्थ्यविज्ञहरुसंगको बैठकमा प्रधानमन्त्रीले आदेश पालना गराउनुपर्नेमा जोड दिएका हुन् ।

कोरोना नियन्त्रणका लागि अब चाल्नुपर्ने कदम पनि त्यहि आदेशमा स्पष्ट छ । कस कसको भूमिका के ? कुन अवस्थामा के गर्ने ? आदि सबै छ । सो आदेशको पालना गराउनुपर्ने भयो । बैकठमा सहभागी स्वास्थ्यका एक अधिकारीले भने ।

स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीले भने आदेशको बारेमा घनिभुत छलफल भइरहेको र सीसीएमसी बैठकले अझै केही स्पष्ट निर्देशन दिनुपर्ने देखिएकोले अबको बैठकले आवश्यक निर्णयका लागि सिफारिस गर्ने बताए । ‘हामी छिटै बैठक बस्दैछौँ । त्यसमा थप केही निर्णय हुन्छ । अहिलेलाई यत्ति भनौँ,’मन्त्री त्रिपाठीले भने ।

बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले पछिल्लो अवस्थाको बारेमा जानकारी गराएका थिए ।

यसअघि गत सोमबारको मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रणका लागि ३० बुँदै आदेश जारी गरेको थियो ।

यस्तो छ राजपत्रमा प्रकाशित ३० बुँदे आदेश :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *