बितेको २४ घण्टामा ३० देखि ३९ वर्षका ५८७ जनामा कोरोना संक्रमण

128
Shares


काठमाडौँ, ११ बैशाख । बितेको चौबिस घण्टामा कोरोना संक्रमण पुष्टी भएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका ५८७ जनाा कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको विवरण अनुसार कुल २ हजार ६ सय १९ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्ति ५८७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी आज १४ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय ६८ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९३.३ प्रतिशत पुगेको छ ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ पुगेको छ । क्वारेनटीनमा ७१ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा २१३ र भेन्टीलेटरमा ६९ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *