भारतमा कोरोनाबाट एकै दिन करीब तीन लाख संक्रमित

काठमाडौँ, ८ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले नयाँ नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ । पछिल्लो चौविस घण्टामा त्यहाँ नयाँ संक्रमितको संख्या तीन लाख नजिक पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले बताए अनुसार पछिल्लो चौविस घण्टामा देशभर २ लाख ९४ हजार ११५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

यहि अवधीमा २ हजार २० जना संक्रमितको ज्यान गएको छ । यसअघि सबैभन्दा बढी सेम्टेम्बर महिनामा एकै दिन २ हजार ४ जनाको ज्यान गएको थियो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो चौविस घण्टामा १ लाख ६६ हजार ५२० जना निको भएको समेत उल्लेख गरेको छ ।

११ राज्यमा अवस्था गम्भीर
भारतको महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश, मध्येप्रदेश सहित ११ राज्यमा कोरोना संक्रमण निकै गम्भीर बनेको छ । महाराष्ट्रमा पछिल्लो चौविस घण्टामा ६२ हजार ९७ जना, उत्तरप्रदेशमा २९ हजार ५७४ जना, दिल्लीमा २८ हजार ३९५ जना, केरलमा १९ हजार ५७७ जना, कर्नाटकमा २१ हजार ७९४ जना, छत्तिसगढमा १५ हजार ६२५ जना, राजस्थानमा १२ हजार २०१ जना, मध्येप्रदेशमा १२ हजार ७२२ जना गुजरातमा १२ हजार २०६ जना, तमिलनाडुमा १० हजार ९८६ जना, विहारमा १० हजार ४५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमण बढेपछि दिल्ली मध्येप्रदेश, महाराष्ट्र, राजस्थान र छत्तिसगढ पछि अव झारखण्ड सरकारले पनि राज्यमा लकडाउन गर्ने घोषणा गरेको छ । उसले २२ देखि २९ अप्रिलसम्म लकडाउनको घोषणा गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *