कोरोनाबिरुद्धको दोस्रो डोज खोप शुरु हुँदा पहिलो डोज पनि जारी

काठमाडौँ, ७ बैशाख । आजदेखि कोरोनाबिरुद्धको दोस्रो डोज खोप लगाउने अभियान सुरु गरेको सरकारले पहिलो डोज खोप दिने प्रक्रियालाई पनि निरन्तरता दिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पाँचवटा खोप केन्द्रमार्फत चिनियाँ खोप भेरोसेल खोप पहिलो डोज लगाउने प्रक्रियालाई निरन्तरता दिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाले काठमाडौँमा बलम्बुस्थित एपीएफ अस्पताल, जनमैत्री अस्पताल बालाजु र क्षेत्रपाटी निशुल्क अस्पताल, ललितपुरमा अल्का अस्पताल र भक्तपुरमा सिद्धि मेमोरियल अस्पतालमा गई खोप लगाउन सकिने बताएको छ ।

खोप लगाउन ४० बर्ष देखि ५९ बर्ष माथिका सबैले र १८ बर्ष माथिकाले माग गरेको आधारमा लगाउन पाउने व्यवस्था मिलाइएको खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।

खोप केन्द्रका एक स्वास्थ्यकर्मीले भने १८ देखि ५९ बर्ष उमेर समूहका सबैलाई खोप दिईने गरेको बताए । ‘कोही खोप लगाइदिनुस भनेर केन्द्रसम्म १८ बर्ष माथिको तर ४० बर्ष नपुगेको व्यक्ति आएमा हामीले लगाइदिन्छौँ,’ ती कर्मचारीले भने । यसअघि पनि सरकारले तोकेका निजी अस्पतालमा १८ माथि ५९ बर्षसम्मका जो सुकैले सहज ढंगले भेरोसेल खोप लगाएका थिए ।

खोप लगाउनका लागि उमेर खुल्ने सरकारी परिचयपत्र वा नागरिकता आवश्यक पर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *