भारतीय कांंग्रेसका नेता राहुल गान्धीलाई कोरोना संक्रमण

एजेन्सी । भारतीय कांंग्रेस पार्टीका नेता एवं सांसद राहुल गान्धी कोरोना संक्रमणमा परेका छन् । मंगलबार ट्वीट गर्दै राहुल आफैले संक्रमणमा परेको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई सावधानी अपनाउन समेत अपिल गरेका छन् ।

राहुलले आफूलाई हल्का ज्वरो सहितका लक्षण देखिएपछि परीक्षण गर्दा आफूलाई कोरोना पोजेटिभ भएको बताए ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणमा परेका गान्धीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पनि ट्वीट मार्फत स्वास्थ्य लाभको कामना गरेका हुन् ।

भारतमा पछिल्लो तीन दिन यता दैनिक संक्रमण अढाई लाख भन्दा बढी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *