भारतको राजधानी नयाँ दिल्लीमा लकडाउन घोषणा

काठमाडौँ, ६ बैशाख । कोरोना संक्रमणले तिब्रता लिएपछि भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउनको घोषणा गरिएको छ । आज राती दश बजेपछि आगामी १३ बैशाख विहान ५ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।

मुख्यमन्त्री अरविन्द केजरीवाल र दिल्लीका उपराज्यपाल अनिल बैजलका साथ बैठक भएपछि यस्तो आदेशको घोषणा गरिएको हो ।

केजरीवालले भने, दिल्लीमा चौथो लहर आएको छ । तेस्रो लहमा दैनिक साढे ८ हजार केश आइरहेको थियो । तर अहिले दैनिक २५ हजार बढी केश आउन थाल्यो । हाम्रो हेल्थ सिस्टममा निकै गाह्रो परिसकेको छ ।

भारतमा पछिल्लो चौविस घण्टामा २ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् । यहि अवधीमा १ हजार ६२० जनाको मृत्यु भएको छ । यहि अवधीमा १ लाख ४३ हजार भने निको भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *