नेपालमा पछिल्लो चौविस घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण

काठमाडौँ, ५ बैशाख । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९६ जनाको रिपोर्ट पोजेटिभ पाइएको हो ।

यसमा एन्टीजेनबाट १५ जना र पीसीआरबाट १ हजार १५ जना पीसीआरबाट पोजेटिभ देखिएको हो ।

यो संगै देशमा सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको ज्यान गएको समेत जानकारी दिएको छ । यो संगै कोरोना संक्रमणबाट कुल ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ ।

मन्त्रालयले पछिल्लो चौविस घण्टामा २६२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केको उल्लेख गरेको छ ।
नेपालमा आज देखिएको संक्रमणको संख्या पछिल्लो छ महिना यताकै सबैभन्दा बढी हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *