भारतमा शनिबार थपिए २ लाख ६० हजार बढी कोरोना संक्रमित

नयाँदिल्ली , ५ बैशाख । भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड राख्ने क्रम जारी छ । पछिल्लो चौविस घण्टामा सबैभन्दा बढी अर्थात २ लाख ६० हजार ५३३ जना नयाँ संक्रमित भेटिएका छन् ।

यसअघि शुक्रबार २ लाख ३३ हजार नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिनको तुलनामा ३८ हजार १५६ जना बढी संक्रमित भेटिएका हुन् ।

यस्तै शनिबार एकै दिन थप १ हजार ४९२ जनाको संक्रमणबाट ज्यान गएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार सबैभन्दा बढी महाराष्ट्रमा ६७ हजार १२३ जना, उत्तर प्रदेशमा २७ हजार ३३४ जना, दिल्लीमा २४ हजार ३७५ जना, कर्नाटक १७ हजार ४८९ जना र छत्तिसगढमा १६ हजार ८३ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो १० दिनमा देशमा थपिएका नयाँ संक्रमितमध्ये ५८ प्रतिशत बढी यहि राज्यहरुबाट आएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १ लाख २० हजार बढी निको भएका छन् । देशमा अहिलेसम्म १७ लाख ९३ हजार ९७६ जना सक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *