बलिउड अभिनेता तथा अभियन्ता सोनु सूदलाई कोरोना

एजेन्सी । पछिल्लो समय सामाजिक सेवामा क्रियाशिल बनेका बलिउड अभिनेता सोनु सूद कोरोना संक्रमणमा परेका छन् । शनिबार उनले ट्वीट गर्दै आफू कोरोना संक्रमणमा परेको जानकारी दिएका छन् ।

अभिनेता सूद गत बर्ष कोरोनाको पहिलो लहर आए देखि नै सामाजिक सेवामा बढी सक्रिय देखिएका थिए । उनलाई भारतमा साच्चिकै हिरोको उपमा दिने गरिएको छ ।

अभिनेता सूदले लकडाउनको बेला सयौँ किलोमिटरको पैदल यात्रा तय गरेका गरीब मजदुरहरुलाई निशुल्क यातायातको व्यवस्था गरिदिएका थिए । विपन्नहरुको निशुल्क उपचारको व्यवस्था मिलाउने, भोकाहरुलाई खाने व्यवस्था गरिदिने, स्वास्थ्य सामग्री उपलव्ध गराईदिने लगायतका कार्यहरु गर्दै आएका छन् ।

आफू संक्रमणमा परेपछि सेल्फ आइसोलेसनमा रहेको र आफूलाई सामाजिक सेवा खटिन झन् फुर्सद भएको प्रतिक्रिया समेत दिएका छन् । उनी संक्रमणमा परेको खवर सार्वजनिक भएपछि लाखौं उनका शुभचिन्तकले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *