भारतमा एकै दिन थपिए २ लाख ३३ हजार बढी कोरोना संक्रमित

काठमाडौं, ४ बैशाख । छिमेकी देश भारतमा कोरोनाको बढ्दो संक्रमणका कारण अवस्था निकै बिग्रिएको छ । पछिल्लो चौविस घण्टामा त्यहाँ २ लाख ३३ हजार ७५७ जनामा संक्रमण देखा परेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको रिपोर्टलाई आधार मान्दै स्थानीय सञ्चारमाध्यमले यहि अवधीमा १ लाख २२ हजार ८३९ जना निको भएको उल्लेख गरेका छन् । यो संगै देशभर कोरोना संक्रमणमा पर्नेको संख्या १ करोड ४५ लाख नाघेको छ ।

यस्तै शुक्रबार संक्रमणले मात्रै होइन मृत्यु संख्याले पनि नयाँ रेकर्ड राखेको छ । त्यहाँ पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट १ हजार ३३८ जनाले ज्यान गुमाएका छन् । स्थानीय सञ्चारमाध्यमले यो संख्या सरकारी आँकडा रहेको भन्दै दाहासंस्कार गर्ने ठाँउमा त्यो संख्या अझ बढी रहेको बताएका छन् ।

६९ प्रतिशत संक्रमित ७ राज्यमा
शुक्रबार थपिएका कुल संक्रमितमध्ये १ लाख ६१ हजार ४२२ (६९.०५ प्रतिशत) जना ७ राज्यका मात्रै हुन् । यसमा सबैभन्दा बढी महाराष्ट्र राज्यका ६३ हजार ७२९ जना, उत्तरप्रदेशमा २७ हजार ३६० जना, दिल्लीका १९ हजार ४८६ जना रहेका छन् ।

यस्तै कर्नाटकका १४ हजार ८५९ जना, छत्तिसगढमा १४ हजार ९१२ जना, मध्येप्रदेशमा ११ हजार ४५ जना र केरलमा १० हजार ३१ जना व्यक्ति संक्रमित भएका हुन् । यिनै राज्यमा शुक्रबार ९३९ जना अर्थात शुक्रबार भएको कुल मृत्युको ७०.१७ प्रतिशत मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *