दिल्लीमा कोरोना संक्रमणको तिब्रता, साप्ताहिक विदाभर कर्फ्यू

काठमाडौँ, ३ बैशाख । भारतको राजधानी दिल्लीमा पनि कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएको छ । पछिल्लो चौविस घण्टामा त्यहाँ १६ हजार ६९९ नयाँ संक्रमित भेटिएका छन् ।

सोही अवधीमा संक्रमणबाट ११२ जनाले ज्यान गुमाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा पहिलो पटक संक्रमणदर २० प्रतिशत भन्दा माथि पुगेको छ । विहीबार संक्रमणदर २०.२२ प्रतिशत पुगेको छ ।

संक्रमण बडेपछि दिल्ली सरकारले साप्ताहिक विदामा कर्फ्यू लगाउने घोषणा गरेको छ । मुख्य मन्त्री अरविंन्द केजरीवालले कोरोना नियन्त्रणको लागि साप्ताहिक विदाको दिन कर्फ्यूको घोषणा गरेका हुन् । कर्फ्यू आज राती १० बजे देखि सोमबार विहान ६ बजेका लागि जारी रहने बताइएको छ ।

दिल्लीमा ५ सातामा संक्रमणदर २५ गुणाले बढेको बताइएको छ । ११ देखि १७ मार्चसम्म २९९५ केश भेटिएको दिल्लीमा ८ देखि १४ अप्रिलसम्ममा ७६ हजार ८७० जना पुगेको छ ।

राज्य सरकारले आज देखि सुरु हुने करफ्युका बेला पहिले तय भएका विवाहका लागि विशेष पासको व्यवस्था गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *