नयाँ बर्षको दिन ६०३ जना थपिए कोरोना संक्रमित

काठमाडौँ, १ बैशाख । नयाँ बर्षको दिन आज थप ६०३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनले पछिल्लो चौविस घण्टामा ४ हजार २९९ जनाको पीसीआर गर्दा ५८० जना र ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ दखिएको भन्दै कुल ६०३ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनले यहि अवधीमा १३९ जना डिस्चार्ज भएको र ७९ जना क्वारेन्टिनमा रहेको बताए ।

डा गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो चौविस घण्टामा भक्तपुरमा २० जना, ललितपुरमा ६१ जना र काठमाडौँमा १७३ जना गरी २५४ जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले पछिल्लो चौविस घण्टामा ८० जना आइसीयूमा र २५ जना भेन्टिलेटरमा रहेको समेत जानकारी दिए ।

यो संगै देशमा संक्रीय संक्रमितको संख्या ४ हजार ५६ पुगेको छ । नेपालमा पछिल्लो दिनमा संक्रमणसंख्या दिनहुँ बढदो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *