भारतमा कोरोना संक्रमण : शनिबार डेढ लाख नाघ्यो

काठमाडौँ, २९ चैत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै १ लाख ५२ हजार ५६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

अघिल्लो दिन त्यहाँ १ लाख ४४ हजार ८२९ जनामा कोरोना संक्रमण देखिएको थियो । शनिबार कोरोना संक्रमितको संख्या मात्रै बढेको होइन त्यसबाट मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ ।

मन्त्रालयले शनिबार मात्रै ८३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको उल्लेख गरेको छ । यसअघि ८ अप्रिलका दिन त्यहाँ ८०२ जनाको एकै दिन संक्रमणबाट ज्यान गएको थियो । मन्त्रालले यहि अवधीमा ९० हजार ३२८ जना ठिक भएको बताएको छ ।

संक्रमित संख्या डिस्चार्ज हुनेको संख्या भन्दा लगातार बढी हुँदै जाँदा सक्रिय संक्रमितको संख्या समेत बृद्धि भएको छ । अहिले देशभरमा ११ लाख २ हजार ३७० जना सक्रिय संक्रमित रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच दिल्लीमा कोरोनाको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै ३० अप्रिलसम्म नयाँ नियम लागू गरेको छ । जसमा विवाहका बेला ५० जना र मृत्यु भएको बखत अन्तिम संस्कारका लागि २० जना भन्दा बढी भेला हुन नपाउने बताएको छ । मेट्रो रेलमा ५० प्रतिशत यात्रु घटाएर मात्रै सञ्चालन गर्नेछ ।

यस्तै सिनेमा थिएटर तथा मल्टिप्लेक्समा पनि ५० प्रतिशत क्षमता घटाएर मात्रै सञ्चालनमा ल्याउन भनिएको छ । स्वीमिङ पुल बन्द गरिएको छ । सबै प्रकारको सामाजिक राजनीतिक खेल, मनोरञ्जन सास्कृतिक तथा धार्मिक कार्यक्रम गर्न रोक लगाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *