भारतमा कोरोना संक्रमण : शुक्रबार मात्रै संक्रमितको संख्या डेढ लाख नजिक

नयाँदिल्ली, २८ चैत । भारतमा कोरोना संक्रमणले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १ लाख ४४ हजार ८२९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ७७३ जनाको मृत्यु भएको छ । शुक्रबार नै ७७ हजार व्यक्ति कोरोनाबाट निको भएका छन् ।

यसअघि सबैभन्दा बढी विहीबार १ लाख ३१ हजार ८७८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसको एक दिनपछि थप १३ हजार बढीले संक्रमितको संख्या बृद्धि भएको छ ।

यता देशमा अहिलेसम्म कुल ९ करोड ७८ लाख डोज कोभिडबिरुद्धको खोप लगाइएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्रै ३२ लाख १६ हजार व्यक्तिले खोप पाएका छन् ।

विहारमा एक तिहाई कर्मचारी मात्रै कार्यालय आउन पाउने
कोरोना संक्रमणको जोखिम भन्दै विहार सरकारले शुक्रबार थप नयाँ नियमको व्यवस्था गरेको छ । त्यहाँ अव साँझमा ७ बजे पसल तथा सपिङ मलहरु बन्द गर्नुपर्ने भएको छ । सरकारी संस्थामा एक दिनमा ३५ प्रतिशत र निजी संस्थामा ३३ प्रतिशत मात्रै कर्मचारी आउन इजाजत दिइएको छ । एक कर्मचारीको डिउटी दुई दिन पछि लाग्नेछ ।

यसैगरी सरकारले स्कुल कलेज कोचिङ कक्षाहरु १८ अप्रिलसम्म बन्द गर्न आदेश गरेको छ ।

उता दिल्ली सरकारले पनि अर्को आदेश नआउँदासम्म सरकारी तथा निजी स्कुल तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको छ । उ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *