पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा प्राडा गंगोल नियुक्त

काठमाडौं, २७ चैत । सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा राजेशनाथ गंगोललाई नियुक्त गरेको छ । शुक्रबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा गंगोललाई उपकुलपति पदमा नियुक्त गरेका हुन् ।

यसअघि सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गंगोल सहित तीन जनाको नाम उपकुलपति पदका लागि सिफारिस गरेको थियो ।

त्यसमा एक नम्बरमा प्रा डा राजेशनाथ गंगोल, दुई नम्बरमा प्राडा दानबहादुर कार्की र तेस्रो नम्बरमा प्राडा अनिलकुमार मिश्रको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीले एक नम्बरमा सिफारिस भएका प्रा।डा गंगोललाई नै उपकुलपति नियुक्त गरेका हुन् । नवनियुक्त उपकुलपति डा. गंगोल यसअघि कार्यवाहक उपकुलपति रहेका थिए । त्यसअघि उनी प्रतिष्ठानका रेक्टर समेत थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *