कोरोना संक्रमण बढेपछि बंगलादेशद्धारा देशव्यापी ‘लकडाउन’को घोषणा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

एजेन्सी । कोरोना संक्रमण ह्वात्तै बढेपछि बंगलादेशमा एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । लकडाउन आगमी ५ अप्रिल सोमबारबाट शुरु हुने बताइएको छ ।

शनिबार विहान यातायात मन्त्री समेत रहेका अवामी लिगका महासचिव अव्दुल कादिरले भने सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको छ ।

उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।

यता सामान्य प्रशासन राज्यमन्त्री फराद हसनले ढाका ट्रिव्युटलाई प्रतिक्रिया दिदै भने, ‘लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालनमा रहनेछ ।’

उनले उद्योगधन्दा बन्द गरियो भने मजदुरहरु काम छोडेर गाँउ फर्कने र संक्रमण झनै फैलने खतरा भएकाले यस्तो निर्णय लिएको प्रतिक्रिया दिए ।

बंगलादेशमा पछिल्लो चौविस घण्टामा ६ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा ५० जनाको संक्रमणबाट ज्यान गएको उल्लेख गरिएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमणदर २३.२८ प्रतिशत रहेको समेत जनाएको छ । अहिलेसम्म बंगलादेशमा ६ लाख २४ हजार५९४ जनामा संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *