भारतमा कोरोना : शुक्रबार ८९ हजार बढी संक्रमित थपिए, ७१३ जनाको ज्यान गयो

164
Shares

काठमाडौँ, २१ चैत । भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गईरहेको छ । पछिल्लो चौविस घण्टामा ८९ हजार १९ जना नयाँँ संक्रमित फेला परेका छन् । सोही अवधीमा ४४ हवा १७६ जना निको भए भने ७१३ जनाको ज्यान गएको छ ।

हिजो मात्रै संक्रिय संक्रमितको संख्यामा ४४ हजार १२३ जना बृद्धि भएको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुका अनुसार अब भारतमा कोरोना संक्रमितको सबैभन्दा उच्च विन्दुमा पुग्न करीब ९ हजारले कमी छ । यसअघि १६ सेम्टेम्बरमा त्यहाँ सबैभन्दा बढी ९७ हजार ८६० जना एकै दिनमासंक्रमित भेटिएका थिए । त्यसपछि संक्रमणदर ओरालो लाग्न थालेको थियो ।

भारतमा अहिलेसम्म १ करोड २४ लाख मानिस संक्रमणमा परेका छन् । १ करोड १५ लाख जति निको भएका छन् । यसैको कारण १ लाख ६४ हजार बढीको ज्यान गएको छ । ६ लाख ५५ हजार बढीको उपचार भइरहेको बताइएको छ ।

यसैबीच भारतमा शुक्रबार ३६ लाख बढीले कोरोनाबिरुद्धको खोप लगाइएको छ । एकै दिन सबैभन्दा बढी खोप लगाएर नयाँ रेकर्ड राखेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *