भारतमा एकै दिन ८१ हजार बढीलाई कोरोना संक्रमण

काठमाडौँ, २० चैत । भारतमा पछिल्लो चौविस घण्टामा ८१ हजार ३९८ जनामा कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ५० हजार ३८४ जना निको भएको र ४६८ जना संक्रमितको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विहीबार देखिएको संक्रमितको संख्या १ अक्टोबरमा यताकै सबैभन्दा बढी हो । त्यसबेला एकै दिनमा ८१ हजार ७८५ जनामा संक्रमण देखिएको थियो ।

यसैबीच बिहीबार देखि देशमा तेस्रो चरणको कोभिड१९बिरुद्धको खोप अभियान शुरु भएको छ । यो अभियानमा ४५ बर्ष माथिका व्यक्तिलाई खोप दिईदै छ ।

पहिलो दिन विहीबार १५ लाख २८ हजार ६३९ जनालाई खोप दिइएको मन्त्रालयले जनाएको छ । उसले विहीबार राती ८ बजेसम्म देशभर ६ करोड ७५ लाख व्यक्तिलाई खोप दिइसकिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *