चिनियाँ खोप ४० देखि ५९ बर्ष उमेर समूहका लागि दिने तयारी

काठमाडौँ, १८ चैत । सरकारले चीनको सहयोगमा प्राप्त ८ लाख डोज कोभिडबिरुद्धको खोप सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) ४० बर्ष देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई दिने तयारी गरेको छ । यस्तै चीन भ्रमणमा जाने व्यक्तिहरु समेत यो खोप लगाउनेको सूचीमा प्राथमिकतामा पर्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्त रहेको आइसीएस कमाण्डको आज बसेको बैठकले चिनियाँ खोप ४० देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई लगाउने व्यवस्था मिलाउन स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ ।

सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको बैठकले चिनियाँ खोपका लागि छुट्टै कार्ड बनाउन र अस्पतालमा गएर लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ‘चिनियाँ खोपका लागि छुट्टै कार्ड बनाउने, अस्पतालमा गएर लगाउने, उमेर समूहमा ४० देखि ५९ बर्ष भनिएको छ । र चीनको भ्रमण गर्नेहरु पनि यसको प्राथमिकतामा पर्नेछन् । यो अनुसार तयारी गर्न भनेका हौँ,’ सचिव अर्यालले जानकारी दिए ।

चीनले आफ्नो मुलुकमा भ्रमण गर्नेका लागि चिनियाँ खोप नै लगाउनुपर्ने व्यवस्था गरेको छ । यस्तै भेरोसेल १८ देखि ६० बर्षसम्मका व्यक्तिले मात्रै लगाउन मिल्ने खोप भएकोले पनि आइसीएसको यस्तो निर्णय आएको एक जना सदस्यले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *