भारतमा शुक्रबार मात्रै थपिए ६२,२७६ जना कोरोना संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना संक्रमण बढ्ने दरले निरन्तरता पाएको छ । शुक्रबार मात्रै देशभर ६२ हजार २७६ जना नयाँ संक्रमित फेला परेका छन् ।

सोही दिन ३० हजार ३४१ जना निको भएर घर फर्के भने २९२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यो संख्या ११ सेक्टेम्बरमा आएको उच्च संख्या भन्दा डेढ गुणा बढी हो । त्यसबेला २४ हजार ८८६ जनामा संक्रमण देखिएको थियो ।

भारतमा पछिल्लो समयमा बढेको संक्रमणसंगै अहिलेसम्म १ करोड १९ लाख मानिसमा संक्रमण देखिएको छ । यसमध्ये १ करोड १३ लाख ठिक भएका छन् । अहिलेसम्म कोभिड -१९ बाट देशमा १ लाख ६१ हजार २७५ जनाको ज्यान गएको छ । अहिले पनि देशमा ४ लाख ४९ हजार संक्रमितको उपचार भइरहेको छ ।

संक्रमण बढेपछि महाराष्ट्र सरकारले २८ मार्च देखि पुरा प्रदेशभर रात्रीकालिन कर्फ्यु लगाउने निर्णय गरेको छ । राती ८ बजे देखि विहान ७ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

यता मध्यप्रदेशले ठूला साना शहरमा आइतबारबाट लकडाउन शुरु गर्दैछ ।

हिमान्चल प्रदेशमा त्यहाँको सरकारले स्कुल कलेज, विश्वविद्यालय तथा प्राविधिक संस्थान ४ अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कर्नाटक सरकारले १ अप्रिल देखि बेङलोर आउने व्यक्तिलाई कोरोना परीक्षण गराई नेगेटिभ रिपोर्ट आवश्यक हुने बताएको छ ।

यता महाराष्ट्रमा शुक्रबार मात्रै ३६ हजार ९०२ जना नयाँ संक्रमित भेटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *