अमेरिकी राष्ट्रपतिको घोषणा : १०० दिन भित्र २० करोड जनताले खोप पाउनेछन्
एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडनले आगामी १०० दिन भित्र २० करोड आफ्ना नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने योजना सार्वजनिक गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो औपचारिक पत्रकार सम्मेलनमा वाइडेनले यस्तो योजना सार्वजनिक गरेका हुन् ।
विहीबार गरिएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘मैले आज दोस्रो लक्ष्य सार्वजजिनक गर्न चाहन्छु त्यो के भने सरकारले आगामी १०० दिनमा २० करोड जनतालाई खोप दिनेछ ।’
वाइडेनले अगाडी थपे, ‘मलाई थाहा छ कि यो महत्वकाक्षी योजना हो । हाम्रो जस्तै योजनाका साथ कोही देश अगाडी आएको छैन् । तर मलाई विश्वास छ कि हामीले यो योजना बनाउन सफल हुनेछौँ ।’
अमेरिकामा अहिलेसम्म १३ करोड डोज कोरोनाबिरुद्धको खोप लगाईसकिएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार अहिले हरेकदिन २५ लाख बढीलाई कोभिडबिरुद्धको खोप दिईदैछ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




