अब सार्वजनिक स्थलमा एक ‘सर्को’ ताने एक हजार जरिवाना !

एजेन्सी । भारतको झारखण्ड राज्यमा सार्वजनिकस्थलमा धूमपान गर्ने तथा थुक्ने व्यक्तिले अव एक हजार रुपैयाँ जरिमाना तिर्नु पर्ने भएको छ । यसअघि यस्तो कार्य गर्ने व्यक्तिलाई २ सय रुपैयाँ तिराइन्थ्यो । अहिलेको यो नयाँ व्यवस्थाले सजाय पाउनेले पहिले भन्दा पाँच गुना बढी पाउने देखिएको छ ।

झारखण्ड सरकारले चालु बजेट सत्रमा यस सम्वन्धी एक बिल पास गरेको छ । जसमा सार्वजनिक स्थलमा धूमपान गर्ने तथा सार्वजनिक स्थलमा थुक्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ ।

उक्त विलमा यसरी जरिमाना असुल्ने अधिकार यो नियम कार्यान्वयन गराउने निकायहरुलाई दिइएको छ । झारखण्डको स्वास्थ्य मन्त्रालयको तर्फबाट बर्तमान कानूनमा संसोधन गर्न यो विधेयक संसदमा पेश गरिएको छ । यो विधेयेक सूर्तिजन्य पदार्थ उत्पादन तथा निषेध ऐन २००३ मा संसोधनको ल्याइएको हो ।

राज्यका स्वास्थ्यमन्त्री बन्ना गुप्ताले विधेयकको प्रावधान सम्वन्ध व्यवस्था बारेमा जानकारी दिएका छन् । उनले कानून अनुसार २१ बर्ष मुनीकाले सूर्तिजन्य पदार्थ बिक्री गर्न समेत दण्डनीय अपराध हुन्छ । यसबाहेक विद्यालय, अस्पताल जस्ता क्षेत्रका एक सय मिटरको वरपर पनि सूर्तिजन्य पदार्थको विक्री वितरण तथा प्रयोगलाई निषेध गरिएको छ ।

विधायक लम्बोदर महतोले सार्वजनिक स्थलमा धूमपान गर्ने वा थुक्नेवालाहरुलाई जरिमाना बढाई १० हजार रुपैयाँ पुरयाउनुपर्ने प्रस्ताव गरेका थिए । तर स्वास्थ्य मन्त्री गुप्ताले यसमा सहमति भएनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *