८ लाख डोज चिनियाँ खोप एक साता भित्र आउँदै

काठमाडौँ, ९ चैत । चीन सरकारले अनुदानमा उपलव्ध गराउने भनेको ८ लाख डोज कोरोनाबिरुद्धको खोप एक साता भित्र नेपाल आउने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्थापन शाखाले एक साता भित्र आउने बताएको हो ।

गत २३ माघमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन सम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने घोषणा गरेका थिए । त्यसको केही समय पछि अनुदान दिने डोज संख्या बढाएर ८ लाख पुर्‍याईएको थियो ।

यता औषधि व्यवस्था विभागले ५ फागुनमा चिनियाँ कम्पनी साइनोफार्मले अन्तरगर्तको कम्पनीले बनाएको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ लाई आकस्मिक प्रयोग गर्न सकिने भन्दै ससर्त अनुमति दिएको थियो । तर खोप आउन ढिलाई भएको थियो ।

चिनियाँ पक्षले अनुदानको खोपको ढुवानी व्यवस्था नेपाल सरकारले गर्नुपर्ने भन्ने र नेपाली पक्षले उतैवाट व्यवस्था मिलाउनका लागि कुटनीतिक छलफल जारी राख्ने हुँदा खोप आउन ढिलाई भएको हो ।

‘ छलफल के कसरी भयो, त्यो त मलाई थाहा भएन तर अब खोप आउँछ । एक साता भित्रै ल्याउने योजना रहेको छ,’ आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने ।

चिनियाँ खोप लिन सरकारले नेपाल बायुसेवा निगमको वाइडबडी विमान नै पठाउने योजना गरेको समेत बताइएको छ । अनुदानमा खोप र त्यो लगाउन प्रयोग हुने आउने भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *