भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन थपिए ४४ हजार संक्रमित

नयाँदिल्ली, ८ चैत । भारतमा शनिबार मात्रै ४० हजार ९५३ जना कोरोना संक्रमित थपिएका छन् । सोही दिन १८८ जनाको कोरोनाकै कारण ज्यान गएको छ भने २३ हजार ६५३ जना निको भएका छन् ।

पछिल्ला दिनमा महाराष्ट्र, पञ्जाव, कर्नाटक, गुजरात र मध्येप्रदेशमा नयाँ केश तिब्र गतिमा बढेको छ । विज्ञहरुले कोरोनाको दोस्रो वेव आउन थालेको टिप्पणी गरेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कुल १ करोड १५ लाख ५५ हजार २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ करोड ११ लाख ७ हजार ३३२ जना निको भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या २ लाख ८८ हजार ३९४ र कुल मृत्युको संख्या १ लाख ५९ हजार ५५८ रहेको छ ।

सबैभन्दा बढी महाराष्ट्रमा
महाराष्ट्र राज्यमा शनिबार २७ हजार १२६ जना कोरोना संक्रमित थपिएका छन् । सोही दिन १९ जना संक्रमितको मृत्यु भएको छ । अहिले त्यहाँ ९ लाख १८ हजार ४०८ जना होम क्वारेन्टिन र ७ हजार ९५३ जना संस्थागत क्वारेन्टिनमा रहेका छन् । यतिवेला त्यहाँ १ लाख ९१ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् ।

दिल्लीमा पनि बढ्यो संक्रमण
राजधानी दिल्लीमा शनिबार मात्रै ८१३ जनामा कोरोना देखिएको छ । त्यहाँ संक्रमितको संख्या हरेक दिन एक सय भन्दा बढीले बढ्दै गएको छ । केही दिन अघिसम्म सून्य प्राय देखिएको दिल्लीमा अहिले ३ हजार ४०९ जना संक्रिय संक्रमित रहेका छन् ।

मध्यप्रदेशमा ३१ मार्चसम्म स्कुल कलेज बन्द
मध्यप्रदेशका मुख्यमन्त्री शिबराजसिंह चौहानले कोरोना संक्रमण बढदो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले इन्दोर, भुपाल र जबलपुरमा तिब्रगतिमा संक्रमण बढेको भन्दै केही कडा कदम चाल्नुपर्ने बताएका छन् । मुख्यमन्त्री चौहानले आइतबार देखि सोमबार बेलुका छ बजेसम्म इन्दोर, भोपाल र जबलपुरमा लकडाउनको घोषणा गरेका छन् । बाँकी अन्य शहरमा राती १० बजे देखि विहान ६ बजेसम्म कर्फ्यु लगाएका छन् । यस्तै ३१ मार्चसम्मका लागि स्कुल कलेज जस्ता शिक्षण संसथ बन्दको घोषणा गरेका छन् ।

४ करोड ३६ लाख बढीले लगाएका कोरोनाविरुद्धको खोप
खोप अभियान शुरु भएको ६४ औँ दिन शनिबारसम्म आईपुग्दा भारतमा ४ करोड ३६ लाख बढीले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । शनिबार मात्रै देशभर १६ लाख १२ हजार बढीले खोप लगाएका छन् । संक्रमण बढ्दो क्रममा देखिएपछि गुजरात र मध्यप्रदेश जस्ता कतिपय राज्यमा खोप अभियानलाई थप तिब्रता दिने योजना बनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *