कोभिड-१९ बिरुद्धको खोप खरीदका लागि विश्व बैंकद्धारा पौने ९ अर्व सहयोग गर्ने घोषणा

फाइल फोटो

काठमाडौँ ६ चैत । विश्व बैंकले नेपालको स्वाथ्य र कोभिड – १९बिरुद्धको खोपको समान वितरणलाई सहयोग पुर्‍याउन भन्दै ७ करोड ५० लाख अमेरिकी डलर ( ८ अर्ब ७१ करोड रुपैयाँ भन्दा बढी) वित्तीय सहायता प्रदान गर्ने भएको छ।

विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो । विश्व बैंकले उक्त सहयोग अन्तर्राष्ट्रिय विकास संघ (आइडा) मार्फत उपलव्ध गराउने बताएको छ ।

यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाइ जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले उल्लेख गरेको छ। ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्त्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन्।

गत चैतमा २.९ करोड अमेरिकी डलर ( करीब ३ अर्ब ३० करोड रुपैयाँ बराबर) को कोभिड १९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड -१९ प्रतिकार्यमा विकास साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर थप वित्त सहयोग गर्ने निर्णय भएको बैंकको भनाइ छ।

यो रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ खोप खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप विस्तार गर्न प्रयोग हुने भएको छ। बाँकी रकम भने खोपका पहललाई सघाउन र कोभिड-१९ सँग सम्बन्धित परीक्षण, उपकरण र चिकित्सासामग्री खरीद तथा आपूर्तिमा खर्च गरिनेछ।

विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एयियाका लागि अभ्यास प्रवन्ध गेल रिचर्डसनले यो सहयोग नेपाली जनताका लागि शारीरिक र आर्थिक स्वास्थ्यको रक्षा गर्न महत्त्वपूर्ण सावित हुने बताएका छन्।

विश्व बैंककाअनुसार नेपालका लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रमा कोभिड १९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *