चिकित्सा शिक्षा तर्फ ‘अन्डर ग्राजुएट्स’को पनि एकीकृत प्रवेश परीक्षा हुँदै

काठमाडौं, ३ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि यसपटक एकीकृत प्रवेश परीक्षा लिने भएको छ । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आगामी शैक्षिक कार्यक्रमका लागि ९ चैत २०७७ का दिन विहान १० बजे देखि १२ बैशाख २०७८ अपरान्ह ५ बजेसम्ममा आफ्नो वेव साइटमा गई अनलाइन आवेदन फारम भर्न सकिने बताएको छ ।

यसअघि आयोगले चिकित्साशिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षाबाट विद्यार्थी छनौट गरी भर्ना लिएको थियो । स्नातक तह (युजी)को भने अहिलेसम्म एकीकृत प्रवेश परीक्षा भएको छैन् ।

आयोगले आज प्रकाशित गरेको सूचना अनुसार एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएएमएस, बी फार्म, बीपीएच लगायतका विषयहरु छन् । यस्तै प्रत्येक कार्यक्रमको लागि कुल २०० पूर्णाङ्क हुनेछ र तीन घण्टा भित्र परीक्षा दिई सक्नुपर्ने जनाइएको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गरि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *