दुई छोरीसंगै ‘टिचिङ’ पुगेर राष्ट्रपति भण्डारीले खोप लगाईन

काठमाडौँँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड -१९ बिरुद्धको खोप ‘कोभिसिल्ड’को पहिलो डोज लिएकी छन् । आज अपरान्ह साढे ४ बजे त्रिवि शिक्षण अस्पतालमा पुगि उनले ‘कोभिसिल्ड’को पहिलो डोज लिएकी हुन् ।

राष्ट्रपति भण्डारीसंगै उनका दुई छोरीहरु उशा किरण र निशाकुसुम तथा अन्य तीन जना सहयोगीले समेत खोप लिएका थिए ।

शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको टोलीले अपरान्ह साढे ४ बजे खोप लिएको थियो । सो टोलीले खोप लिएपछि आधा घण्टा अस्पतालमै आराम गरेको थियो । ‘साढे ४ बजे खोप लिनु भयो । त्यसपछि आधा घण्टा आराम गरेर करीब ५ बजे तिर शितल निवास फर्किनुभयो,’ शिक्षण अस्पतालका डा अधिकारीले भने । उनले दुई छोरी, एक जना नर्स, एक जना आफन्त र तिनका सवारी चालकले समेत गरी कुल छ जनाको टोलीले खोप लगाएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २३ फागुन देखि दोस्रो प्राथमिकतामा परेका नागरिकहरुलाई खोप सञ्चालन गरेको थियो । सो अभियान मंगलबार भोलि सकिदैछ । गत २३ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर अभियान शुभारम्भ गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *