निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेल नियुक्त

1.5k
Shares

काठमाडौँ, २६ फागुन । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा पौडेललाई निर्देशकमा नियुक्त गरेको हो। उनी वीर अस्पतालमा कार्यरत चिकित्सक हुन् ।

त्यस अघि कार्यकारी निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसमा डा पौडेल सहित डा दिनेशकुमार लम्साल र डा प्रकाशराज न्यौपानेको नाम सिफारिस गरिएको थियो । सोही मध्यबाट मन्त्रीपरिषदले डा पौडेललाई छानेको हो ।

कार्यकारी निर्देशकका लागि ८ जनाको आवेदन परेको थियो। समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो।

यसअघि निजामती अस्पतालको निर्देशकमा डा दीर्घराज आरसी थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *