‘कोभ्याक्स सुविधा’ अन्तरगतको पहिलो खेप खोप काठमाडौँ आईपुग्यो

 

काठमाडौं, २३ फागुन  ।  नेपालले कोभ्याक्स सुविधा अन्तरगर्तको कोभिड १९ बिरुद्धको खोपको पहिलो खेप प्राप्त गरेको छ । आज विहान सवा ११ बजे टर्किश एयरलायन्स मार्फत ३ लाख ४८ हजार डोज खोप र त्यसलाई चाहिने सुई काठमाडौँ आईपुगेको हो ।

खोप लिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । विमानस्थलमा आयोजित एक समारोहमा संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधी सारा बेय्सोलो न्यन्तीले मन्त्री त्रिपाठीलाई खोप तथा सुई लगायतका सामग्री हस्तान्तरण गरेकी थिइन ।

नेपालले कोभ्याक्स सुविधा अन्तरगर्त ६० लाख नेपालीका लागि पुग्ने १ करोड २० लाख डोज खोप निशुल्क प्राप्त गर्दैछ ।

आज आएको पहिलो चरणको खोप सेरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादित खोप कोभिसिल्ड हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *