चालु आवमा स्वास्थ्यका मुख्य मुख्य काम र उपलब्धि के के हुन्छन् ? प्रधानमन्त्री शाहसंग गरिन् स्वास्थ्य मन्त्री मेहताले सम्झौँता

168
Shares

काठमाडौँ, ३ भदौ । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले विभागीय मन्त्रीहरुसंग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभागीय मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

सो क्रममा स्वास्थ्य मन्त्री निशा मेहताले पनि प्रधानमन्त्री शाहसंग कार्य सम्पादन सम्झौँता गरेकी छन् ।

प्रधानमन्त्री शाहको सचिवालयले विभागीय मन्त्रीहरुसंग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *