सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका सदस्यका लागि आवेदन माग

काठमाडौँ, ६ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य कर कोषको सचिवालयले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिका लागि आवेदन माग गरेको छ । सचिवालयले रिक्त रहेको तीन वटा सदस्य पदका लागि आवेदन माग गरेको हो ।

सूचनामा धूमपान तथा सुर्ती सेवनको नियन्त्रण गर्ने उदेश्यले स्थापित गैरसरकारी संस्था तथा निजी क्षेत्रको स्वास्थ्य संस्थामा काम गरेका व्यक्तिहरुमध्येबाट एक जना महिला सहित दुई जना र सामाजिक क्षेत्रमा काम गरेका व्यक्तिहरु मध्येबाट एक जना छनौट गरिने भनिएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ को दफा १९ को उप नियम १ को ग र घ मा व्यवस्था भए बमोजिम सदस्यहरु मनोनित गर्नु पर्ने प्रावधान अनुरुप सूचना प्रकाशित भएको उल्लेख छ । ईच्छुक आवेदकले आगामी शुक्रबार सम्म आवेदन पेश गरि सक्नु पर्ने बताइएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रणमा कडाईका साथ क्रियाशील हुनु पर्ने स्वास्थ्य कर कोषको सचिवालय लामो समय देखि निस्कृय जस्तै बनेको छ । स्वास्थ्य सचिव अध्यक्ष हुने यस सचिवालयले गत आर्थिक वर्षमा तोकिएका गर्नै पर्ने थुप्रै कामहरु गर्नबाट पछि परेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *