काठमाडौँ महानगरपालिका भित्र बसोबास गर्ने सबैको नि:शुल्क मिर्गौला परीक्षण हुँदै

काठमाडौँ, ४ फागुन । काठमाडौँ महानगरपालिका भित्र बसोबास गर्ने सबैको निशुल्क मिर्गौला परीक्षण हुने भएको छ । काठमाडौँ महानगरपालिका र मिर्गौला बचाऔँ अभियानको संयुक्त प्रयासमा महानगरपालिकाका ३२ वटै वडाभित्र बसोबास गर्नेहरुको निशुल्क परीक्षण हुने भएको हो ।

महानगरपालिकाको जनस्वास्थ्य विभागका अनुसार यो कार्यक्रम बुधबार (भोलि) देखि आगामी ६ महिनासम्म चल्नेछ । स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ कार्यक्रम अन्तरगर्त यो अभियान अघि बढाइएको महानगरले जनाएको छ ।

अभियान अन्तरगर्त महानगरपालिका भित्रका वडामा बसोबास गर्ने व्यक्तिले महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसावको प्रारम्भिक परीक्षण मार्फत मिर्गौलाको स्वास्थ्य जाँच गराउन सक्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *