भरतपुर अस्पतालको मेसुको जिम्मेवारी डा. बासुदेव पाण्डेलाई

काठमाडौँ, ३ फागुन ।  भरतपुर अस्पतालको मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी डा बासुदेव पाण्डेले पाएका छन् । स्वास्थ्य तथा जनसंख्याले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पाण्डेलाई भरतपुर अस्पतालको मेसु बनाएको हो । तर डा पाण्डे आगामी ५ बैशाखमा अवकाश हुँदैछन् ।

यसअघि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक रहेका डा पाण्डेलाई २६ पुसमा मन्त्रालय तानिएको थियो । झण्डै पाँच साता मन्त्रालयमा जिम्मेवारी विहीन बनेका पाण्डेलाई अहिले चितवन पठाइएको हो ।

‘कोरोनाको मुख्य महामारीका बेला इडिसिडीमा रहेर काम गरेँ । अब सेवा अवधी धेरै थिएन । तर मन्त्रालयमा यत्तिकै हल्लिएर बस्न पनि मनले मानेन । जिम्मेवारी खोजेँ । उताको (भरतपुर अस्पताल)को जिम्मेवारी दिनुभयो,’ डा पाण्डेले भने ।

पछिल्लो समय भरतपुर अस्पतालमा निर्देशक परिवर्तन हुने क्रम तिब्र बनेको छ । एक वर्ष भित्र सो अस्पतालमा चार जना मेसु परिवर्तन भइसकेका छन् । २५ भदौमा भेरी अस्पताल नेपालगञ्ज दरवन्दी रहेका डा. राजन पण्डेलाई काजमा खटाएर मेसुको जिम्मेवारी दिइएको थियो ।

तत्कालीन मेसु श्रीराम तिवारीलाई केन्द्रीय कारागार अस्पतालमा सरुवा गरेपछि डा। राजनलाई ल्याइएको थियो । डा. राजनले काम गर्ने वातावरण नभएको भन्दै काज फिर्ता गरी एक महिना सकिने बितिकै भेरी फर्किएका थिए । उनी भेरीमा फर्किएपछि १० औं तहका डा. जगन्नाथ तिवारीलाई मेसुको जिम्मेवारी दिइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *