काठमाडौँमा आज : ५१३ जना पत्रकार सहित १०१९ जनाले खोप लगाए

284
Shares

काठमाडौँ, २९ फागुन । कोरोनाबिरुद्धको खोप अभियान अन्तरगर्त आज काठमाडौँ उपत्यकामा ५१३ जना पत्रकार सहित १ हजार १९ जनाले खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा गरी कुल १ हजार १९ जनाले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीवहादुर खड्काका अनुसार पत्रकारका लागि छुट्याइएको नयाँ निजामति कर्मचारी अस्पतालमा बिहीबार (आज) ५१३ जना पत्रकारले खोप लिए । यता कुटनीतिक नियोग र राजदूतावासका कर्मचारीका लागि तोकिएको त्रिवि शिक्षण अस्पतालमा २९८ जनाले खोप लगाएका छन् ।

उता युएन एजेन्सीका कर्मचारीका लागि तोकिएको पाटन अस्पतालमा आज २०८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले बताए ।

यसअघि पाटनमा ११ जनाले मात्रै खोप लिएका थिए ।

सरकारले गत सोमबारबाट पत्रकार, युएन एजेन्सी, कुटनीतिक नियोग र दुतावासका कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाएको थियो । यो व्यवस्था शुक्रबार (भोलिसम्म) चल्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *