आज २६९ जना पत्रकार र १४० जना कुटनीतिक नियोगका कर्मचारीले खोप लिए

काठमाडौँ, २८ माघ । बुधबार २६९ जना पत्रकार तथा १४० जना कुटनीतिक नियोगका कर्मचारीले कोरोना बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा २२७ जना पुरुष र ४२ जना महिला गरी कुल २६९ जना पत्रकारले खोप लगाए । सोमबार र मंगलबार क्रमश २२६ र ३२० जना पत्रकारले खोप लगाएका थिए ।

यस्तै बुधबार त्रिवि शिक्षण अस्पतालमा १४० जना कुटनीतिक नियोग तथा दुतावासका कर्मचारीले खोप लगाएका छन् ।

बुधबार सिभिल अस्पताल र त्रिवि शिक्षण अस्पतालमा गरी कुल ४१ भाइल खोप प्रयोगमा आएको स्वास्थ्य कार्यालय काठमाडौँमा प्रमुख बद्रीबहाददुर खड्काले जानकारी दिए ।

उता युएन एजेन्सीका लागि तोकिएको पाटन अस्पतालमा भने अहिलेसम्म ११ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले पछिल्लो तीन दिनमा ११ जनाले खोप लगाएको बताए ।

सरकारले पहिलो चरण अन्तरगर्त स्वास्थ्यकर्मी र तिनका सहयोगीहरुलाई खोप दिएपछि गत सोमबारबाट पत्रकार, युएन एजेन्सी, दुतावासका कर्मचारी र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउने व्यवस्था मिलाएको थियो । यो व्यवस्था आगामी शुक्रबारसम्मका लागि तय गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *