स्वास्थ्य बीमा बोर्डमा ४ मेडिकल अधिकृत र ५ फार्मेसी अधिकृतका लागि अवसर
काठमाडौँ, २७ माघ । स्वास्थ्य बीमा बोर्डले चार जना मेडिकल अधिकृत र पाँच जना फार्मेसी अधिकृतका लागि दरखास्त आव्हान गरेको छ । करार सेवामा नियुक्ती दिने गरे मंगलबार प्रकाशित सूचना अनुसार मेडिकल अधिकृतका लागि एमबीबीएस पास गरी २ बर्षको अनुभव भएको र फार्मेसी अधिकृतका लागि एमफार्म उत्तीर्ण गरी कम्तीमा दुईबर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ ।
बोर्डले योग्यता पुगेका इच्छुकले १५ दिन भित्र दरखास्त हाल्न सक्ने बताएको छ ।
थप जानकारीका लागि हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


