पत्रकार तथा कुटनीतिक नियोगका कर्मचारीलाई सोमबार देखि शुक्रबारसम्म खोप लगाईंदै

256
Shares

काठमाडौँ, २५ माघ ।  सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दुतावास तथा कुटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाबिरुद्धको खोप लगाउन शुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दुतावास तथा कुटनीतिक नियोगका कर्मचारीहरुले तोकिएको अस्पतालमा सोमबार देखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन् ।

‘पत्रकारका लागि मिनभवनस्थित सिभिल अस्पताल, युएनका लागि पाटन अस्पताल, दुतावास र कुटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल वा गंगालाल अस्पताल तोकिएको छ । खोप सम्भवत विहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म चल्नेछ,’ मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रालयले पत्रकारहरुको लागि सूचना विभागको प्रेस पास देखाउनु पर्ने बताएको छ । तर विभागको प्रेस पास नलिएका पत्रकारहरुलाई सम्वन्धीत मिडिया हाउसको प्रेसपास देखाएर पनि खोप लिन सक्ने व्यवस्था मिलाउने कि भन्ने विषयमा पनि छलफल चलेको एक जना अधिकारीले बताए ।

सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज खोपबाट कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *