कोरोनाबिरुद्धको खोप : सोमबारबाट कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिईदै

काठमाडौँ, २४ माघ ।  कोरोनाबिरुद्धको खोप अव कुटनीतिक नियोगका कर्मचारी र पत्रकारले पाउने भएका छन् । एघार दिन अघि सुरु भएको खोप आजसम्म स्वास्थ्यकर्मीलाई दिइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नयाँ निर्णय गर्दै सोमबार (पर्सी) देखि कुटनीतिक नियोगका विदेशी कर्मचारी, तिनका आफन्त, त्यहि कार्यरत नेपाली कमर्चारी र पत्रकारलाई दिने निर्णय गरेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

‘कुटनीतिक नियोगका विदेशी कर्मचारी र तिनका परिवारका सदस्यहरुलाई प्राथमिकतामा राखिनु पर्ने नै थियो । त्यहाँ कार्यरत नेपाली कर्मचारीलाई पनि सो सुविधा यसैपटक दिने निर्णय भयो । यस्तै पत्रकारहरु पनि जोखिम मोलेर अग्रपंक्तिमा रहेर काम गर्ने भएकोले उहाँहरुलाई पनि दिने निर्णय भयो,’ प्रवक्ता डा गौतमले भने ।

त्यसको लागि मन्त्रालयले उपत्यकाका चारवटा अस्पताल तोकेको छ । शहीद गंगालाल हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र पाटन अस्पताल अस्पतालमा गएर खोप लगाउन सकिने समेत डा गौतमले बताए । कुटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुको विवरण र परिचयका आधारमा हुनेछ । यस्तै पत्रकारहरुको सूचना विभागको प्रेस पास देखाएर पनि लगाउन सकिनेछ । डा गौतमले भने ।

यसअघि शनिबार विहान मात्रै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले खोपमा सञ्चारकर्मीलाई प्राथमिकतामा राखिएको बताएका थिए । उनले निकै छिटै सञ्चारकर्मीले पाउने ठोकुवा गरेका थिए ।

भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज कोभिसिल्डबाट ४ लाख ३० हजार जना फ्रन्टनाइनरलाई दिने निर्णय गरेको थियो । तर अनुमान गरेभन्दा झण्डै ५० प्रतिशत कमले खोप लगाएपछि सरकारले त्यहि खोप कुटनीतिक नियोग र पत्रकारलाई दिने निर्णय गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *