काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई पहिलो चरणमै खोप

काठमाडौँ, २३ माघ । सरकारले सबै काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमै कोरोना विरुद्धको खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल हेल्थ प्रोफेसनल काउन्सिल, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीहरुलाई खोप दिने निर्णय गरेको हो ।

यसअघि पहिलो चरणमा कोरोनाबिरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकता निर्धारण गरी खोप दिन थालिएको थियो ।
पहिलो चरणको कार्यक्रम शनिबार (भोलिसम्म) चल्नेछ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य लिएको थियो तर बिहीबारसम्म १ लाख ५८ हजारले मात्रै खोप लगाएका छन् ।

मन्त्रालयले सूचीकृत भएको संख्या अपेक्षाकृत रुपमा खोप लगाउन नआएपछि सूचना प्रमाणीमा दर्ता नभएकालाई पनि दर्ता प्रमाणपत्रको आधारमा खोप दिने निर्णय गरेको हो । विहीबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जारी गरेको सूचनामा काउन्सिलको प्रमाणपत्र र फोटो सहितको परिचयपत्र लिई आएमा खोप लगाउने व्यवस्था मिलाउन खोप केन्द्रहरुलाई निर्देशन दिएका छन् ।

भारत सरकारको अनुदानमा प्राप्त १० लाख कोरोनाबिरुद्धको खोप कोभिसिल्डबाट सरकारले गत १४ पुस देखि खोप अभियानको आरम्भ गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *