नेपालमा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या १ लाख ५८ हजार ४८७ पुग्यो

काठमाडौँ, २२ माघ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज नौँ दिन पुगेको छ । खोप अभियानको नौँदिन सम्म देशभर कुल १ लाख ५८ हजार ४ सय ८७ जना ब्यक्तिले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्।

७७ जिल्लाका २०१ खोप केन्द्रबाट साँझ ४ बजेसम्म कुल १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमती प्रदेश मा ५५ हजार ५ सय ४, गण्डकी प्रदेशमा १७ हजार २ सय ६७, लुम्बिनी प्रदेशमा २३ हजार ७ सय ९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले खोप लगाएका छन्।

यो संगै पहिलो चरणको खोप अभियान माघ २४ गते (शनिवार) सम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा करिब ४ लाख ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो। खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *