सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बढाउनु पर्‍यो : गगन थापा

पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बढाउनु पर्ने बताएका छन् । विश्व क्यान्सर दिवसको पूर्वार्धमा नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थापाले सुर्तीजन्य पदार्थमा कर बढाउँदा सरकारको राजश्व पनि बढ्ने र नसर्ने रोगबाट अस्वस्थ हुने क्रम घटने जाने तथ्य हामी सामु छ भन्दै विना हिचकिचाहट कर बढाउने कार्यलाई अघि बढाउनुपर्ने बताए । उनले सूर्तिजन्य पदार्थको प्रयोगकर्ता कहाँ कहाँ छन् ? र तिनिहरुलाई रोक्नका लागि के के कार्य गर्नुपर्छ भन्ने विषयमा ध्यान दिइनुपर्ने बताए ।

‘सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने विभिन्न कदमहरु हुनसक्छन् । विशेषगरी युवा तथा किशोरहरुमा यसको लत शुरु हुने देखिएको छ । यस्तो लत कहाँबाट शुरु हुन्छ ? कसरी सुरु हुन्छ ? के गर्दा यस्तो कुलतमा युवा तथा किशोर किशोरीहरु लाग्दैनन् यसबारेमा पनि हामीले पहिचान गर्नुपर्छ । र त्यस्तो कुलतमा लगाउने मुहान रहेछ भने त्यसलाई थुन्नु पर्छ ,’ उनले भने ।

कार्यक्रममा अर्वुद रोग निवारण संस्थाका अध्यक्ष इश्वर श्रेष्ठले क्यान्सर रोगको मुख्य कारण धूमपान तथा सूर्तिजन्य पदार्थको सेवन नै हो भन्दै त्यसलाई रोक्न सुर्तीजन्य पदार्थमा कर बढाउनुको विकल्प नभएको बताए ।

कार्यक्रममा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका डा जयकुमार गुरुङ र संगिता शाक्यले नेपालमा सुर्तीजन्य पदार्थको सेवनले पारेका असरको बारेमा अनुसन्धान रिपोर्ट प्रस्तुत गरेका थिए ।

यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्रका कुन्ज जोशी, स्वास्थ्य मन्त्रालयका कानून अधिकृत सरिता ज्ञवाली, त्रिवि शिक्षण अस्पतालका प्राडा प्रदीप वैद्य लगायतले क्यान्सर रोग र यससंग जोडिएको सुर्तीजन्य पदार्थको प्रयोग र यसको नियन्त्रणका लागि गर्नुपर्ने कार्यका बारेमा आफ्नो धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *