नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा आगामी ७ चैतमा

काठमाडौँ, १९ माघ । नेपाल नर्सिङ परिषदले नर्स तथा मिडवाइफहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी ७ चैतमा गर्ने भएको छ । परिषदले आज सूचना प्रकाशित गर्दै परीक्षामा सहभागी हुन योग्य परीक्षार्थीका लागि यहि आउँदो २१ माघ देखि २० फागुनसम्म अनलाइन फारम भर्न सकिने जनाएको छ ।

काउन्सिलले २१ फागुन देखि २७ फागुनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने बताएको छ ।

लाइसेन्स परीक्षा पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ तथा मिडवाइफको लाइसेन्समा सहभागी हुनका लागि व्याचलर अफ मिडवाइफ उत्तीर्ण गरेकाहरुले फारम भर्न सक्ने जनाएको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *