मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति, रेक्टर र रजिष्ट्रार पदमा तीन जना डाक्टरको नियुक्ती

काठमाडौँ, १८ माघ । प्रदेश नं २ सरकारले जनकपुरमा स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त भएका छन् । आइतबार सामाजिक विकास मन्त्री नोवल किशोर साहको सिफारिसमा मुख्य मन्त्री लालबाबु राउतले प्रतिष्ठानको उपकुलपति पदमा प्राडा रामकेवल साहलाई नियुक्त गरेका छन् ।

त्यसपछि उपकुलपति प्राडा साहले गरेको सिफारिसको आधारमा सामाजिक विकास मन्त्री साहले प्रतिष्ठानको रेक्टर पदमा डा अंकुर साह र रजिष्ट्रारमा डा विनोद यादवलाई नियुक्त गरेका हुन् ।

उपकुलपति प्राडा हाल जानकी मेडिकल कलेजमा कार्यरत छन् । यस्तै डा रेक्टरमा नियुक्त भएका डा साह नेपाल मेडिकल काउन्सिलको सदस्य हुन् । रजिष्ट्रारमा नियुक्त भएका डा यादव त्रिभुवन विश्वविद्यालयको बायोकेमेस्ट्री विभागका प्रमुख हुन् ।

आज नियुक्त भएका तीनै पदाधिकारीको पदावधि पाँच बर्ष तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *