देशभर थपिए १०५ जना कोरोना संक्रमित, २८८ जना संक्रमणमुक्त


काठमाडौँ, १८ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ५ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय ८८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ५ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ७१ हजार ७ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ । क्वारेनटिनमा १०२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *