बाँकेमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु


बाँके, १६ माघ । बाँकेमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट एक जना स्वास्थ्यकर्मी महिलाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) ४२ वर्षीय रमा भारतीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

भारतीमा माघ १३ गते कोरोना संक्रमण पुष्टी भएको थियो । उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे निधन भएको हो ।

नेपाली सेनाले मृतकको शव दिउँसो १ बजे जग्दीघाटमा व्यवस्थापन गर्ने बताइएको छ ।

यसैबीच बैजनाथ गाउँपालिकाका अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै भारतीको निधनमा शुक्रबार पालिकासहित वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरिएको जनाएका छन् ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले  विज्ञप्ति जारी गर्दै मृतक राष्ट्र सेवक कर्मचारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *